site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुईचारजना उटपट्याङ मान्छे सडकमा आउँदैमा गणतन्त्र खतरामा पर्दैन : पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले संघीय गणतन्त्र खतरामा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

७० वर्षसम्म नेपाली जनताले लडेर ल्याएको गणतन्त्र दुईचारजना उटपट्याङ मान्छे सडकमा उत्रँदैमा खतरामा नपर्ने उनले उल्लेख गरे । “यो संघीय गणतन्त्र खतरामा होइन, आलोचनामा छ । खतरामा आउँदैन,” उनले भने, “मलाई के विश्वास छ भने यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीको लडाइँ लडेर ल्याएको यो प्रणाली, यो गणतन्त्र दुईचारजना उटपट्याङ मान्छेहरू सडकमा आउँदैमा, दुईचारजना आलोचना गर्नेहरू हुँदैमा खतरामा पर्दैन ।”

उनले अहिलेको व्यवस्था बेठिक भन्नेहरू देशमा अस्थिरता ल्याउन उद्यत रहेको आरोप लगाए । व्यवस्थामाथि खतरा भए नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत राजनीतिक दलहरू एक ठाउँमा उभिने उनले बताए ।

“यो व्यवस्थालाई नै बेठिक छ भनेर अस्थिरता सिर्जना गर्न चाहन्छन् । व्यवस्थालाई अस्थिर बनाउन चाहनेहरूले यो व्यवस्था ल्याउनेहरू एक ठाउँमा उभिन्छन् । व्यवस्थाको बचाउका लागि अघि बढ्छन्,” उनले भने, “व्यवस्था खतरामा होइन, व्यवस्थामा आलोचना गरेर अघि बढाउने कुरामा हामी जानुपर्छ ।”

सचिव पौडेलले नेपालमा केही हुन सक्दैन र सम्भावना नै छैन भन्ने कुरा पूर्ण रूपमा सत्य नभएको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro