site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रभावकारी बन्दै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

चालु आवको साउनदेखि वैशाखसम्म ३९ हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा ३० हजार २९७ महिला र आठ हजार ७४९ पुरुषले सेवा लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यक्रमका लागि एकजना जनरल फिजिसियन, एक स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए ।  

स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार २० हजार ४४४ जनाले जनरल फिजिसियनबाट, सात हजार ५७२ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ११ हजार ३० जनाले आँखासम्बन्धी सेवा लिएका छन् । उक्त अवधिमा सेवा लिनेमध्ये पाँच हजार ८७३ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उनले जानकारी दिए । 

Global Ime bank

पाँच हजार ९३० जनाले निःशुल्क प्रयोगशाला जाँच, पाँच हजार ८४८ गर्भवतीसम्बन्धी लिएकामा दुई हजार ५४४ ले निःशुल्क अल्ट्रासाउण्ड गराएका प्रमुख अवस्थीले जानकारी दिए ।  

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आवको साउनदेखि उक्त कार्यक्रम १९ वटै वडामा प्रत्येक महिना सञ्चालन हुँदै आएको उनको भनाइ छ । रासस

    

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय