site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा सबैभन्दा धेरै वर्षा, २४ घण्टामा कति पर्‍यो पानी ?

काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङमा भएको छ । देशभर रहेका १७० वटा वर्षामापन केन्द्रको विवरण अनुसार सबैभन्दा धेरै वर्षा मोरङको विराटनगरमा भएको हो । 

बिराटनगर विमानस्थल केन्द्रमा ३६१.० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

वर्षा मापन गरिएका केन्द्रमध्ये दुईवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । ११ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी र ३३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । 

गत २४ घण्टामा १४७ वटा केन्द्रमा वर्षा भएको छ ।  

“अहिले पनि तराईका धेरै स्थानमा वर्षा भइरहेको छ । वर्षा नभएका स्थानमा पनि बदली छ,” विभागले भनेको छ, “अहिले वर्षा नभएका स्थानमा पनि केही समयपछि पानी पर्नेछ ।” विभागका अनुसार अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

चितवनका विभिन्न स्थानमा भने भारी वर्षा भइरहेको छ । विभागले आज लुम्बिनीबाहेकका ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro