site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

तेहरान । इरानको सशस्त्र बलका जनरल स्टाफले बिहीबार इरानी राष्ट्रपति इब्राहिम राइसी र उनको टोलीका सदस्यहरू मृत्यु भएको हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक गरेको छ ।

दुर्घटनापछि विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक वरिष्ठ छानबिन समिति सोमबार बिहान घटनास्थलमा आइपुगेको अर्धसरकारी समाचार एजेन्सी तस्निमले इरानको सशस्त्र बलका जनरल स्टाफको रिपोर्टलाई उद्धृत गर्दै बताएको छ ।

KFC Island Ad
NIC Asia

प्रतिवेदनअनुसार हेलिकप्टर बाटोभरि पूर्वनिर्धारित मार्गमा रहेको र उडानमार्गबाट विचलित भएको थिएन । उक्त घटना हुनुभन्दा करिब डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अन्य दुई हेलिकप्टरसँग सम्पर्क गरेका थिए ।

दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला नपरेको र हेलिकप्टर पहाडमा खसेपछि आगो लागेको बताइएको छ । क्षेत्रको जटिलता, कुहिरो र कम तापक्रमको कारण खोजी र उद्धार कार्य राति हुँदासम्म र त्यसपछि पनि रातभर जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै संदिग्ध मुद्दा फेला नपरेको र थप अनुसन्धानपछि थप विवरण आउने बताइएको छ । थप अनुसन्धानपछि थप विवरण प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ । 

राइसी र उनको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतबार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । 

हेलिकप्टरमा विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि मोहम्मद अली अले–हासेम पनि सवार थिए । राइसीलाई बिहीबार उनको गृहनगर मसहदको इमाम रेजाको पवित्र मन्दिरमा अन्त्येष्टि गरिएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro