site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चुरोटमा ७५ प्रतिशत कर लगाउन माग, उद्योगीले भ्रम फैलाएको एक्सन नेपालको आरोप
SkywellSkywell

काठमाडाैं । सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले चुरोट उद्योगीहरूले चुरोटको करबारे भ्रमपूर्ण सन्देश फैलाएको भन्दै आपत्ति जनाएको छ । यही जेठ ७ गते गोरखापत्र दैनिकमा प्रकाशित विज्ञप्तिमा उद्योगीहरूले चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशत कर लाग्ने गरेको भन्दै गलत सन्देश दिएको एक्सन नेपालको दाबी छ । 

नेपाली उद्योगीले हाल ३३ प्रतिशत मात्रै कर तिरिरहेको र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार करको दायरा ७५ प्रतिशत पुर्‍याउनुपर्ने एक्सन नेपालको दाबी छ । उद्योगको विज्ञप्तिमा भने विभिन्न कम्पनीका विभिन्न ब्रान्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको बताइएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द आगामी आर्थिक वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा करको दर विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार ७५ प्रतिशत पुर्‍याउनुपर्ने बताउँछन् । 

Dabur Nepal
NIC Asia

अन्तःशुल्क ४२ प्रतिशत, स्वास्थ्य जोखिम कर २० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी कुल ७५ प्रतिशत पुर्‍याउनुपर्ने  चन्दको माग छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कर वृद्धि गर्दा हालको मौजुदा राजस्व ३२ अर्ब ९८ करोडबाट ७८ अर्ब ८७ करोड पुग्ने एक्सन नेपालको दाबी छ ।  

यता, चुरोट उद्योग संघले भने ब्रान्ड १ देखि ब्रान्ड ६ सम्मका चुरोटको कुल उपभोक्ता मूल्यमा ६१ देखि ७१ प्रतिशत कर लगाएर सरकारको कुल राजस्वमा सुर्तीजन्य पदार्थ उद्योगको चार प्रतिशतभन्दा बढी योगदान गरिरहेको जनाएको छ । 

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक ३७ हजार नागरिकको मृत्यु हुने गरेको एक्सन नेपालको तथ्यांक छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu