site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाएपश्चात संसद्‌मा बोल्दै सभामुखले यस्तो आग्रह गरेका हुन् । उनले संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे । 

उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गरे । संसद्को कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे । 

"सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्‍याउनु हुनेछ । संसद्ले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसद्लाई विधिसंगत ढंगबाट छलफलको केन्द्र बनाऔँ । त्यहीअनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु," सभामुख घिमिरेले भने ।

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro