site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरको प्रश्न– दोहोरो नागरिकता र राहदानीमा गृहमन्त्री र संसद्का महासचिव कानुनभन्दा माथि हुन् ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो नागरिकता र राहदानीको विषयमा प्रश्न उठाएका छन् । नेपाल प्रेस युनियन कोसी प्रदेशले गरेको स्थापना दिवस समारोहमा नेता कोइरालाले कानुनका नजरमा नागरिकलाई कोही तल, कोही माथि बनाउने कुरा लोकतन्त्रमा शोभनीय नहुने बताए । 

“उही गृहमन्त्रीको दुईवटा देशको पासपोर्ट, दुईवटा नागरिकता हुँदाखेरी के भयो, अहिले तपाईंहरूले देखिरहनुभएको छ । संघीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेय, उहाँको पनि दुईवटा नागरिकता र दुईवटा पासपोर्ट सार्वजनिक भएको छ । उहाँको केही हुँदैन । किन हुँदैन ?,” कोइरालाले भने, “जुन देशमा कानुन छ त्यो कानुन के भित्र बस्नेहरूलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीमा उन्मुक्ति दिने ?” 

कोइरालाले सहकारी ठगीमा गृहमन्त्री ‘इन्भल्व’ देखिएको भन्दै गृहमन्त्री भएकै कारण उन्मुक्ति खोजिरहेको बताए । गृहमन्त्रीलाई जोगाउन खोज्नेहरू पनि विस्तारै एक्सपोज हुने उनले बताए । “यसमा कुनै पनि/कतै पनि द्विविधा छैन, जसले जोगाउन खोज्छ, त्यो पार्टी होस्, व्यक्ति होस्, ती सबै एक्सपोज भएर जान्छन्,” डा. कोइरालाले भने, “किन भने मकै बेचेर, चिया बेचेर, पानी बेचेर जनताले सहकारीमा गरेको बचत कसैलाई ठगी गर्नका लागि होइन ।” 

गृहमन्त्री लामिछानेले गल्ती गरेको छ्रैन भन्दै पटक पटक दोहोर्‍याएर ठगीको कसुरबाट उन्मुक्ति खोजिरहेको उनले बताए । “ठगी गरेका थिएन भने उहाँले आफूमाथिको छानबिन स्वीकार गर्नु हुने थिएन ? संसदीय छानबिन बनाइसकेपछि टीओआरमा लफडा गरिरहनुहुने थियो ?,” कोइरालाले भने, “उहाँ आफैँ टीओआरमा लचक भइदिन भनेर आफूमाथिको छानबिन कमजोर पार्ने र उन्मुक्तिको आधार बनाउन खोज्दै हुनुहुन्छ । यो ठगीमा  संलग्नताको प्रमाण नै हो ।”

कोइरालाले नागरिकताका विषयमा पक्राउ परेको कैलाश सिरोहियाका नागरिकतामा गडबडी छ वा छैन भन्ने विषयमा आफ्नो कुनै दाबी नरहेको भन्दै पक्राउको शैली र समयले गृहमन्त्रीमाथि प्रश्न उठाएको बताए । अझ गृहमन्त्री र संसद्का महासचिवले पाएको उन्मुक्तिले लोकतन्त्रसँग जोडिएको प्रश्न उठाएको उनले बताए । 

“उहाँ (गृहमन्त्री लामिछाने) दुईवटा मात्र होइन, दुई अलग अलग देशको राहदानी बोकेको मुद्दा महान्यायाधिवक्ताबाट फिर्ता गराएर गृह मन्त्रालयमा आसिन हुनुहुन्छ । उहाँकोे नेतृत्वको सरकार जारी रहँदा दुईवटा नागरिकता र दुईवटा  पासपोर्ट बनाएर संघीय संसद्को प्रशासनिक नेतृत्वमा हुनुहुन्छ । अनि उस्तै मुद्दामा कैलाश सिरोहियाजीलाई पक्राउ गरिएको छ,” कोइरालाले भने, “कैलाशजीको नागरिकतामा गडबडी पनि भेटिएला म त्यता जान चाहन्न । तर, यो देशमा उस्तै कसुरमा गृहमन्त्रीजी र संसद्का महासचिवजीलाई अलग, कैलाशजीलाई अलग हुने कानुन छ ? लोकतन्त्रमा यस्तो हुन्छ ?” 

उनले आफ्नो प्रश्न लोकतन्त्रमा कानुनभन्दा माथि को को हो भन्ने रहेको बताए । “कैलाशजीको गिरफ्तारीले हाम्रो एउटा उखान याद गराएको छ । बुद्धि मरेको भन्दा पनि काल पल्केको चिन्ता,” उनले भने, “यसैगरी कसैलाई प्रमाणित अभियोगमा उन्मुक्ति कसैलाई अनुसन्धानकै लागि थुनामा राख्ने हो भने यो लोकतन्त्रकै लागि चिन्ताको विषय हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro