site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरोहिया पक्राउ प्रकरण : आइएफजेको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा चासो राख्दै प्रेस स्वतन्त्रता कायम राख्न सरकारी अधिकारीहरूलाई आग्रह गरेको छ ।

आइएफजेले बिहीबार एक वक्तव्य जारी गरी सिरोहियाको पक्राउबारे गहिरो चासोको रूपमा रहेको जनाएको छ । खासगरी गृहमन्त्रीमाथि अनियमितताका सम्बन्धमा लागेका आरोपका बारेमा छानबिनको कार्य चलिरहेको बेलामा पत्रकार र मिडियामाथिको अनुसन्धान व्यक्तिगत वा राजनीतिक कारणले अघि बढाउन नसकिने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै, अधिकारीहरूले नेपालको प्रेस स्वतन्त्रतामाथिको प्रतिबद्धता कायम गरिने कुराको सुनिश्चितता हुनुपर्ने समेत जनाएको छ ।

सो संस्थाले सिरोहिया पक्राउ प्रकरणमा आफू मातहतका नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघले जारी गरेको वक्तव्यलाई पनि उद्धृत गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement