site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीयलाई अमेरिका सुपुर्दगी गर्न चेक अदालतको स्वीकृति
Siddhartha BankSiddhartha Bank

प्राग । चेकोस्लोभाकियाको संवैधानिक अदालतले न्यूयोर्कमा एक अमेरिकी नागरिकको हत्या प्रयासको अभियोगमा अमेरिका सुपुर्दगी नगर्न आग्रह गर्दै एक भारतीय नागरिकले हालेको निवेदन अस्वीकृत गरेको छ । 

निखिल गुप्ता नामका ती भारतीय नागरिकले सिख पृथकतावादी नेता गुरपन्तसिंह पन्नुको हत्याका लागि भाडामा मान्छे खोजेको अमेरिका सरकारले अभियोग लगाएको थियो । गुप्ता अहिले प्रागस्थित जेलमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अदालतले निवेदन अस्वीकृत गरेपछि उनलाई सुपुर्दगी गर्ने बारेमा अन्तिम निर्णय अब चेकोस्लाभाकियाका कानुन मन्त्रीले गर्नेछन् । गुप्ताविरुद्धको अभियोगमा उनले २० वर्षसम्म जेल जीवन बिताउनुपर्नेछ । नोभेम्बर २०२३ मा अमेरिकी अभियोजकले कम्तीमा चार शिख नेतालाई उत्तर अमेरिकामा हत्याको षडयन्त्र गरेको अभियोग लगाएका थिए । ती चारजनामा एकजना पन्नु पनि हुन् ।  उनले हत्याका लागि भाडामा लिएको व्यक्तिलाई एक लाख डलर नगद दिएको समेत जनाइएको छ । तर, उनले भाडामा लिएको व्यक्ति अमेरिकाकै अन्डरकभर संघीय एजेन्ट भएको अभियोजकले जनाएका छन् । 

गुप्तालाई भारत सरकारकै अधिकारीले निर्देशन दिएको अभियोगपत्रमा जनाइए पनि निर्देशन दिनेको नाम भने दिइएको छैन । भारतले पन्नुलाई आतंककारी घोषणा गरेको छ । उनलाई खालिस्तान अभियानमा लागेको आरोप लगाइएको छ । तर, पन्नुले भने यो कुरा अस्वीकार गर्दै आएका छन् । 

Global Ime bank

ह्वाइट हाउसले सो हत्या प्रयासका बारेमा भारतको माथिल्लो तहमा कुरा उठाइएको जनाएको थियो । तर, भारतले भने त्यो आरोप अस्वीकार गर्दै आएको छ । गुप्ताविरुद्धको आरोपको छानबिन गर्न एक समिति बनाइएको पनि भारतले जनाउँदै आएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement