राजनीति
काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे भोलि छलफल हुने भएको छ । कार्यादेश टुंगो लगाउन गठित समितका सदस्य जीवन परियाले बिहीबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलिको बैठकमा सहमतिको विन्दु भेटाउन सक्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।
सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।
दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ २२:२९
प्रतिक्रिया दिनुहोस्