site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महावीरविरुद्ध वाग्मतीको सहज जित

काठमाडौं । महावीर स्टडिज एन्ड एथ्लेटिक्स एसोसियसनविरुद्ध ४–० को जित निकाल्दै सर्लाहीको वाग्मती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा वाग्मतीलाई जित दिलाउन राज भुसालले दुई गोल गरे । शृजनराज गौतम र दीपेश राईले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

पहिलो हाफको इन्जुरी समयमा दीपेशले गोल गरेपछि वाग्मतीले १–० को अग्रता बनाएको थियो । ५३औँ मिनेटमा शृजनको गोलमा वाग्मतीले अग्रता दोब्बर बनायो । ५७औँ मिनेटमा राज भुसालले क्लबका लागि तेस्रो गोल गरे । त्यसको अर्को मिनेटमा राजले नै गोल गरेपछि वाग्मतीले ४–० को जित सुनिश्चित गरेको हो । 

त्यसअघि खेलको ३५औँ मिनेटमा महावीरका सुरज थारु र वाग्मतीका अभिषेक वाइबाले रातो कार्डको दर्शन गरेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए । त्यसको दुई मिनेटपछि अनिलबहादुर गुरुङले पनि रातो कार्ड बेहोर्दा महावीर नौ खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै नौ खेलबाट २० अंक जोडेको वाग्मती तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट नौ अंक जोडेको महावीर तालिकाको ११औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro