site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा ४१.३१४ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर वाग्मती हाइड्रोपावरबीच ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वाग्मती जलविद्युत्आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । ललितपुर र मकवानपुर जिल्लास्थित वाग्मती नदीमा निर्माण हुने उक्त आयोजनामा लगानी गर्ने सम्झौता भएको हो ।

सो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सुपर वाग्मती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएका थिए । पत्र लिई २०८० असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र एएनके कन्स्ट्रकसन रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदक/संस्थापकहरूको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सन्‌राइज बैंकको कर्जा प्रतिबद्धता तीन अर्ब चार करोड रहेको छ ।

सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा एभरेष्ट बैंकको दुई अर्ब पाँच करोड तथा सिटिजन्स बैंक इन्टरनेशनलको एक अर्ब लगानी रहेको छ । सो आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने बताइएको  छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय