site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अस्ट्रेलियाको पीआर रहेको भन्दै नलगाड हाइड्रोका सिईओ शाही विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ ।

जाजरकोटका शाहीसँग अस्ट्रेलियाको स्थायी बसोवास अनुमति अथवा परमानेन्ट रेसिडेन्सी (पीआर) रहेकोभन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो । पीआर भएको मात्रै नभएर अन्य योग्य प्रतिस्पर्धीलाई छोडेर उनलाई शक्तिकै आडमा नियुक्त गरेको आरोपसमेत लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत फागुन १४ मा कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै आवेदन माग गरेको थियो । सीईओ पदकालागि लिखित परिक्षामा ६ जना सहभागी भएको बताइएको छ । अन्तर्वार्ता र प्रस्तुतीकरणपछि शाहीलाई नियुक्त गरिएको थियो ।

शाहीलाई केही दिनअघि वैशाख ३१ गते मात्रै सीईओमा नियुक्त गरिएको थियो । नलगाड हाइड्रोपावर कम्पनीको सिईओ छनोट गर्न गठित उपसमितिले उनलाई नियुक्त गरेको थियो ।

Global Ime bank

शाहीपछि वैकल्पिक उम्मेद्वारमा सिफारिस भएका देवेन्द्र केसीले अख्तियारमा उजुरी दिएको बताइएको छ ।

विदेशी पीआर भएको व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै शाहीविरुद्ध उजुरी परेको हो । कम्पनीले जाजरकोटको नलगाडमा ४१७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला पनि जाजरकोट हो। 

उर्जा मन्त्रालय अन्तर्गतकै नलगाड हाइड्रोपावर कम्पनीको सीईओमा नियुक्त भएका शाही विवादमा परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement