site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्ज महानगरले ल्यायो दुई अर्ब ८९ करोडको बजेट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पर्सा । वीरगन्ज महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का निम्ति दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा ६२ करोड रुपैयाँ कम आकारको बजेट सार्वजनिक गरे ।

आउँदो आवको बजेटमा चालु खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७०.७ र पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै, वित्तीय व्यवस्थातर्फ तीन करोड ६४ लाख अर्थात् १.२ प्रतिशत विनियोजन गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उपप्रमुख आलमले आउँदो आवमा आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख २७ हजार रुपैयाँ खर्च व्यहोर्ने बताए । संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख नौ हजार, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख आठ हजार रुपैयाँ स्रोतका रूपमा प्राप्त हुनेछ ।

यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख, अन्य स्रोतबाट दुई करोड ४० लाख र नगद मौज्दातबाट १० करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

Royal Enfield Island Ad

आउँदो आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै, बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ ।

उपप्रमुख आलमले महानगरले आउँदो आर्थिक वर्षको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवद्र्धन गर्नेतर्फ उन्मुख गरिएको बताए । “आन्तरिक राजस्वलाई नगरको भरपर्दाे एवं दिगो वित्तीय स्रोतका रूपमा स्थापित गरी वित्तीय आत्मनिर्भरता कायम गर्नु राजस्व नीतिको प्रमुख उद्देश्यका रूपमा लिएको छु,” उनले भने, “बजेटमा प्रस्तावित वित्तीय तथा राजस्व सुधारका नीतिबाट आन्तरिक राजस्वको कराधार फराकिलो हुने, प्रशासनिक खर्चमा मितव्ययिता कायम भई पुँजीगत खर्चको गुणस्तर एवं प्रभावकारिता बढ्ने अपेक्षा राखेको छु ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro