काठमाडौं । इंग्ल्यान्डले आगामी महिना जुनदेखि सुरु हुने युरो–२०२४ को निम्ति राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट घोषणा गरेको टिममा दुई ठूला नाम मार्कुस रासफोर्ड र लिभरपुलका पूर्वकप्तान समेत रहेका जोर्डन हेन्डर्सन छैनन् । यस सिजन स्वभाविक लयका निम्ति संघर्षरत रासफोर्डले म्यानचेस्टर युनाइटेडबाट ४२ खेल खेल्दा आठ गोलमात्र गरे । गत सिजन राफोर्डले ५६ खेल खेल्दा ३० गोल गरेका थिए ।
प्रारम्भिक टिममा प्रशिक्षक साउथगेटले चार गोलकिपर, ११ रक्षक, ६ मिडफिल्डर र १२ फरवार्ड राखेका छन् । युरो–२०२४ इंग्ल्यान्ड समूह ‘सी’ मा छ । यो समूहमा इंग्ल्यान्डसँगै स्लोभानिया, डेनमार्क र सर्विया छन् ।
इंग्लान्डको प्रारम्भिक टिम :
गोलकिपर : डिन हेन्डर्सन, जोर्डन पिकफोर्ड, आरोन राम्से, जेम्स ट्राफोर्ड
रक्षक : जाराड ब्रेथवेट, लेविस डंक, जोय गोमेज, मार्क गुएही, एज्री कोन्सा, ह्यारी मग्वायर, जारेल क्वान्साह, लुक स, जोन स्टोनस, किरन ट्रिपियर, काइल वाल्कर
मिडफिल्डर : ट्रेन्ट एलेसान्डर अर्नाल्ड, कोनो गालाघेर, कर्टिस जोनस, कोबी माइनो, डेक्लान राइस, एडम वार्टोन
फरवार्ड : जुड बेलिङ्घम, जारोड बोवेन, एबेरेची एजे, फिल फोडेन, ज्याक ग्रिलिस, एन्थोनी गोर्डोन, ह्यारी केन, जेम्स म्याडिसन, कोल पाल्मेर, बुकायो साका, इभान टोनी र ओली वाट्किन्स