site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपलाई विश्वकपमा पठाउन क्यानले थाल्यो प्रक्रिया
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकपका लागि पठाउन प्रक्रिया सुरु गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वकपमा छनोट भएको नेपाली टिममा सन्दीपलाई सहभागी गराउन गम्भीरताका साथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग पहल गरिरहेको जनाएको हो ।

क्यानले वेस्ट इन्डिज र अमेरिकामा आगामी महिनाबाट हुने विश्वकपका लागि सन्दीपलाई पठाउन आवश्यक सबै प्रक्रिया अघि बढाइएको पनि जनाएको छ ।

बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । त्यसअघि २०७९ भदौमा बलात्कारको उजुरी परेपछि सन्दीप क्यानको निलम्बनमा परेका थिए ।

विश्वकपको तयारीका लागि हाल नेपाली क्रिकेट टिम वेस्ट इन्डिज र अमेरिकामा तयारी गरिरहेको छ । विश्वकपको समूह 'डी'मा रहेको नेपालले बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

ट्वान्टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन २ देखि सुरु हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro