site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यातायातमन्त्रीको सम्पत्ति कति ?
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का सचिव समेत रहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको दुई करोड २५ लाख रुपैयाँ बैंक ब्यालेन्स देखिएको छ । महासेठले बुझाएको सम्पत्ति विवरणमा काठमाडौंमा चार रोपनी सात आना जग्गा र दुई घर रहेका उल्लेख छ । यस्तै, मधेसमा आठ बिघा, १२ कट्ठा ११ धुर जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले आफूसँग ४३ तोला सुन र डेढ किलो चाँदी रहेको खुलाएका छन् । त्यसबाहेक उनले सातथान औँठी, चारथान हार, तीनजोर कानमा लगाउने गहना र दुईजोर सुनका चुरा रहेको खुलाएका छन् ।

उनले अधिकांश जग्गा श्रीमती जुलीकुमारी महतोका नाममा रहेको उल्लेख गरेका छन् । महासेठको श्रीमतीका नाममा सिन्धुलीको कमलामाई नगरपालिकामा चार कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

विस्तृत सम्पत्ति विवरण हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro