राजनीति
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।
त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व. श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैया बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:४२
प्रतिक्रिया दिनुहोस्