site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको चेतावनी– आरोप झुटो भए गृहमन्त्रीलाई गलहत्त्याउनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद बद्र्री पाण्डेले सोमबारको प्रतिनिधिसभा बैठकमा यस्तो चुनौती दिएका हुन् ।

“सभामुख महोदय, अस्ति हामीले उहाँले बोल्न पाऊँ भनेको हुँदा उहाँलाई बोल्नका लागि सहजीकरण गर्‍यौँ । हामीलाई लागेको थियो, उहाँ बोल्नुहुनेछ, हामीलाई धेरै कुरा पढाउनुहुनेछ,” पाण्डेले भने, “तर, उहाँ बोल्नु भएन, बर्बराउनुभयो मात्र । उहाँले बर्बराउने क्रममा नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीका विषयमा अनर्गल आरोप लगाउनुभयो ।”

Dabur Nepal
NIC Asia

त्यससँगै सूचना बेच्नेलाई सदनबाट गलहत्त्याउन पाण्डेले माग गरे । आरोप झुटो भएमा संसद् बैठकबाट गृहमन्त्रीलाई नै गलहत्त्याउनुपर्ने उनको चेतावनी थियो ।

“सभामुखज्यूमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु कि विदेशीलाई सूचना बेच्ने एजेन्टलाई सदनबाट गलहत्त्याउनुस्,” उनले भने, “होइन भने तपाईंलाई नै हामीले सदनबाट गलहत्त्याउनुपर्ने हुन्छ ।”

पाण्डेले गृहमन्त्रीलाई चुनौती दिँदै सभामुख देवराज घिमिरेसँग ‘रुलिङ’ मागेका थिए । “सभामुख महोदय, गृहमन्त्रीले सदनको रोस्ट्रममा उभिएर लगाएका आरोप पुष्टि गर्नका लागि रुलिङ गर्न माग गर्दछु,” उनले भने, “पुष्टि गर्न सक्नु हुन्न भने त्यस्तो भनाइ संसद्को रेकर्डबाट हटाउन पनि माग गर्दछु ।”

सभामुख घिमिरेले भने प्रतिपक्षको मागमा कुनै रुलिङ गरेनन् । गम्भीर विषय उठाएकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनी बैठकको कार्यसूचीमा प्रवेश गरेका थिए ।

प्रतिपक्षको ध्यानाकर्षण नसुनी सभामुख कार्यसूचीमा प्रवेश गरेपछि कांग्रेस सांसद वेलमा ओर्लिएका थिए । उनीहरूले नाराबाजीसहित बैठक सञ्चालनमा अवरोध गरे । अवरोधबीच सभामुखले बैठकका काम–कारबाही अघि बढाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro