site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतमा रगत संक्रमणबाट ७० को दशकयता तीन हजार मानिसको ‘मृत्यु’, प्रधानमन्त्रीले मागे माफी
SkywellSkywell

लन्डन । बेलायत सरकारलाई सोमबार बुझाइएको एक छानबिन समितिको रिपोर्टमा रगतको संक्रमणबाट विगतका दशकमा करिब तीन हजार मानिसको मृत्यु र ३० हजारजना संक्रमित भएका जनाइएको छ ।

रिपोर्टमा चिकित्सक, सरकार र नेसनल हेल्थ सर्भिस (एनएचसी)माथि बिरामीमा एचआईभी र हेपाटाइटिसको संक्रमण गराएको आरोप लगाइएको छ । बिरामीले एकचोटि मात्र नभई पटक–पटक चिकित्सक, एनएचसी, सरकार र अरू जिम्मेवार निकायबाट सुरक्षा पाउन असफल भएको समेत रिपोर्टमा उल्लेख छ ।

उक्त लापरबाहीका विषयमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले त्यहाँको संसद् हाउस अफ कमन्समा सोमबार क्षमायाचना गरेका छन् ।

Dabur Nepal
NIC Asia

बेलायतमा प्रदूषित रगतका कारण सन् १९७०, १९८० र १९९० को दशकमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको रिपोर्ट सोमबार सरकारलाई बुझाइएको थियो । अनुमानानुसार, संक्रमति व्यक्तिको अहिले पनि हरेक चार दिनमा मृत्यु भइरहेको जनाइएको छ ।

यस विषयमा सन् २०१७ मा स्वतन्त्र सार्वजनिक छानबिनको घोषणा गरिएको थियो । छानबिन समितिको अध्यक्षता लन्डन र वेल्स उच्च अदालतका पूर्वन्यायाधीश सर ब्रायन ल्यान्ग्स्टाफले गरेका थिए । बेलायतमा सार्वजनिक रूपमा गरिएको यसलाई नै सबैभन्दा ठूलो अनुसन्धान मानिएको छ ।

अनुसन्धान टोलीले विस्तृत प्रमाणको अध्ययन गरेको थियो । हजारौँ सार्वजनिक रेकर्ड, सरकारसँग भएका प्रमाण, एनएचसी, नेसनल ब्लड सर्भिस र औषधि कम्पनीका कागजात पनि हेरिएको थियो । संक्रमितका मौखिक र लिखित उजुरीको पनि अध्ययन गरिएको थियो ।

प्रधानमन्त्री सुनकले बेलायतका निम्ति ‘यो लाजको दिन’ भएको समेत जनाएका छन् । उनले मृतक र संक्रमितका परिवारलाई जतिसुकै मूल्य परे पनि क्षतिपूर्ति दिइने बताएका छन् ।

एनएचसी इंल्यान्डका प्रमुख अमान्दा प्रिटचार्डले पनि उक्त रिपोर्टका विषयमा क्षमायाचना गरेकी छन् ।

सो इन्फेक्सन एचआईभी एड्सको १९८६ र हेपाटाइसिस ‘सी’को १९९१ सम्म बेलायतमा परीक्षण नगरिएका कारण पनि भएको जनाइएको छ । यसको मुख्य विषय रगतको क्लटिङ प्रोटिन फ्याक्टर ८ प्रदूषित रहनु र त्यसले हेमोफिलियाक्सलाई प्राकृतिक रूपमा उत्पादन गर्न नसक्नु रहेको  जनाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu