site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘टीओआर’मा लचक हुन रास्वपाको आग्रह, कांग्रेसले माग्यो प्रस्ताव

काठमाडौं । सहकारीका बचतकर्ताको रकम अपचलनमा गृहमन्त्रीमाथिको संसदीय छानबिन समितिमा लचक भइदिन कांग्रेसलाई रास्वपाले आग्रह गरेको छ । रास्वपाको आग्रह अनुरुप सत्तापक्षका सांसदहरूले पनि लामिछानेको नाम हटाएर टीओेआर तयार पार्न सहयोग मागेपछि नेपाली कांग्रेसले नयाँ प्रस्ताव मागेको हो । 

नेपाली कांग्रेसले विभिन्न सहकारीबाट गोरखा मिडियामा आएको पैसा र त्यसको प्रक्रियामा छानबिन गरी संलग्नहरूको पहिचान गर्ने कुरा प्राथमिक भएको बताएको छ । त्यसमा रविको नाम राख्ने वा नराख्नेभन्दा पनि उनको संलग्नता कति हो भन्ने मात्र छानबिन भएको कांग्रेस सदस्यको भनाइपछि सत्तारूढले नयाँ प्रस्ताव राख्न लागेका हुन् ।

Argakhachi Cement Island Ad

“हामीलाई रविको नाम लेख्न रहर लागेको होइन, गोरखा मिडियामार्फत बचतकर्ताको रकम कसरी अपचलन भयो र त्यसमा को–को संलग्न थिए भन्ने कुरा निक्र्योल गर्नका लागि संसदीय छानबिन बन्ने हो,” कार्यदलका सदस्य सहमहामन्त्री जीवन परियारको भनाइ उद्धृत गर्दै कांग्रेसका एक सांसदले भने, “त्यसमा जुन सहकारीबाट पैसा आएको छ, त्यो पैसा कहाँ गएको छ, कस–कसले खर्च गरेका छन् । त्यो निर्क्र्योल हुनेगरी प्रस्ताव लिएर आउनुस् भन्नुभएको रहेछ ।”

स्रोतका अनुसार परियारको भनाइपछि रास्वपा र एमालेका सदस्यले नयाँ प्रस्ताव ल्याउनेगरी कार्यदलको बैठक बोलाएको छ । रास्वपा स्रोतका अनुसार सत्तारूढ दलहरूबीच संसद् बैठकपछि बानेश्वर वा सिंहदरबारमा छलफल गरेर नयाँ प्रस्ताव लैजाने छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्