site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले नाराजुलुस गर्नु अस्वभाविक : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिँदा कांग्रेसले नाराजुलुस गर्नु स्वभाविक नभएको बताएका छन् । 

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले संवैधानिक प्रक्रियाअनुसार विश्वासको मत लिएको पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन नदिनु लोकतन्त्रविपरीत भएको टिप्पणी गरे । 

Dabur Nepal
NIC Asia

उनले सरकारले सहकारीपीडितहरूको समस्या समाधान गर्न समिति बनाउन तयार हुँदाहुँदै पनि कांग्रेस सहमति बाहिर गएको बताए । सरकारले नीति कार्यक्रम पास गरी बजेट ल्याउनैपर्ने व्यवस्था रहेको बताए । 

“सरकारले सहकारीपीडितहरूको समस्या समाधान गर्न समिति बनाउन सरकार तयार हुँदाहुँदै पनि आइतबार कांग्रेसले उल्लंघन गर्नुभयो । आज हामी यो ठाँउमा पुग्यौँ । फेरि पनि सरकारले बजेट पनि ल्याउनै पर्नेछ । नीति तथा कार्यक्रम पनि ल्याउनै पर्ने यता प्रधानमन्त्रीलाई राजनीतिक दलले दिएको विश्वासको मत फिर्ता दिएपछि कानुनी व्यवस्था अनुरुप प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । सरकारको दिन गन्ती सुरु भएको छैन,” उनले भने । 

उनले सरकारले नीति तथा कार्यक्रम र बजेट पास गर्न सरकारले सबैसँग सहमतिको उपाय खोज्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro