राजनीति
काठमाडौं । राष्ट्रियसभाको आजका निम्ति निर्धारित बैठक बस्दै नबसी स्थगन गरिएको छ । बैठक सोमबार (भोलि) दिउँसो १ः१५ बजे बस्ने गरी स्थगन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेशका निम्ति गठित कार्यदलमा सहमति नजुटेपछि बैठक स्थगन गरिएको हो ।
यसअघि, आइतबारै दिउँसो १ः१५ का निम्ति निर्धारित बैठकको समय सूचना टाँस गरी ३ः१५ का लागि सारिएको थियो । बैठक सूचना टाँस गरी स्थगन गरिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १५:४८
प्रतिक्रिया दिनुहोस्