site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपांगता भएका सबै व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरिएको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

अपांगता भएका व्यक्तिहरूका पक्षमा काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको उनले उल्लेख गरिन् । उनले राज्यले अन्तर्राष्ट्रियस्तरमा गरेको विभिन्न सन्धि–सम्झौताको कार्यान्वयनका निम्ति पनि आफू लागिरहेको बताइन् ।

“हामी आफैँले पनि अपांगता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौँ । देशभर भएका सबै अपांगता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौँ । त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौँ,” मन्त्री चौधरीले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro