site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकको समय सारियो
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो ।

बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ ।

दलहरूबीच संसद्का काम–कारबाही अघि बढाउने विषयमा सहमतिको प्रयास जारी रहेकाले बैठकको समय सारिएको हो ।

af-1716101785.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्