site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव 
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको कार्यक्षेत्राधिकार ‘टीओआर’मा गृहमन्त्री रवि लामिछानेको नाम अनिवार्य गर्न सुझाव दिएको छ । 

आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय पदाधिकारी बैठकले संसदीय समितिको ‘टीओआर’ निर्माण समितिका सदस्य जीवन परियारलाई लामिछानेको नाम नराख्दासम्म सहमति नजनाउन सुझाव दिएको हो ।

Argakhachi Cement Island Ad

“हामीले संकटग्रस्त सहकारी व्यवस्थापन समितिको समानान्तर हुने संसदीय समिति मागेका होइनौँ । गृहमन्त्री भइसकेपछि लामिछानेको विषयमा जारी अनुसन्धान रोकिएकाले संसदीय समिति मागेका हौँ,” संसदीय दलका एक पदाधिकारीले बाह्रखरीसँग भने, “त्यसैले रवि लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्क र त्यससँग जोडिएका सहकारीलाई फोकस गरेर छानबिन हुनेगरी समितिको टीओआर निर्माण हुनुपर्छ ।” 

ती पदाधिकारीका अनुसार त्यसबाहेकका विषयमा छानबिन गरेर संसद्बाट नीतिगत रूपमा अघि बढ्ने विषयमा भने कांगेसको सहमति रहेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्