site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरीमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१, खोकनामा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुर–१५, खुमलटारमा बस्दै आएका ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापामगर, सिन्धुपाल्चोक घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, कपनमा बस्दै आएका २८ वर्षीय सुवास सुनार, कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीका ४१ वर्षीय रमेश विक, टोखा नगरपालिका–३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका–२ का २२ वर्षीय मोहम्मद समीर रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गएको वैशाख ७ देखि ९ गतेका बीचमा ललितपुर–२१, खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहना, आइफोनलगायत धनमाल चोरी भएको थियो । पक्राउ परेकालाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानका निम्ति जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रवक्ता रेग्मीले बताए । रासस

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्