site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज यो वर्षकै गर्मी
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंमा शनिबार (आज) यो वर्षकै धेरै गर्मी भएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“काठमाडौंमा यस वर्षका लागि यो अहिलेसम्मको उच्च तापक्रम हो,” महाशाखाका मौसमविद् रोजन लामिछानेले बाह्रखरीसित भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनका अनुसार, काठमाडौंमा यो वर्ष यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार त्योभन्दा बढी भएको उनले बताए ।

शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस थियो ।

Royal Enfield Island Ad

काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro