साहित्य

काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । कैलाश–मानसरोवरको रामोन्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित पोताला दरबारमा सार्वजनिक भएको हो ।
‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिवद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ प्रकाशित छन् ।स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले भने, “यो प्रकृति र अध्यात्मतिरको यात्रा हो, आफैँतिरको यात्रा हो ।”
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ ११:२५
प्रतिक्रिया दिनुहोस्