site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम ३३.६ डिग्री सेल्सियस, नेपालगन्जमा ‘सबैभन्दा’ गर्मी

काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (हिजो)को तुलनामा यो बढी हो । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो ।

शनिबार धनगढीको अधिकतम तापक्रम ४२.१, दिपायलको ४०.५, वीरेन्द्रनगरको ४०.३, भैरहवाको ३९.८, घोराहीको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.७, दिपायलको ३९.८, वीरेन्द्रनगरको ३८.५, भैरहवाको ४०.२, घोराहीको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आउँदा दिनमा अझै तापक्रम बढ्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यस्तै, काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

तापक्रमको विवरण हेर्नोस्–

adskfmg-1716037179.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro