site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभा बैठक : विशेषाधिकार समिति गठन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मकवानपुर । वाग्मती प्रदेशसभाको शनिबार दिउँसोको बैठकबाट संसदीय विशेषाधिकार समिति गठन गरिएको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा १९३ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गरेका हुन् ।

समितिमा कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्दप्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, विन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्राकार, सुस्मा भुजेल न्यौपाने, सरिता खड्गी, सुना परियार र सुरेन्द्रराज गोरसाईं छन् । सभामुखद्वारा प्रस्तुत यी नाम बैठकमा सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसअघि, बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न प्रस्ताव पेस गरेका थिए ।

बैठकमा सभामुख पाठकले विषयगत समितिका सदस्यहरूको हेरफेरको नाम प्रस्ताव गरेका थिए । सभामुखले प्रदेशसभा नियमावली, २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहेका आनन्दकुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातारवण समितिमा र उद्योग, पर्यटन तथा वातावरणमा रहेका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको घोषणा गरे ।

Royal Enfield Island Ad

प्रदेशसभाको अर्को बैठक यही जेठ ६ गते आइतबार बिहान ११ बस्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro