site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलमा मारिएका ६ जनाको शव काठमाडौंबाट घर पुर्‍याउन २८ लाख ३६ हजार भुक्तानी
फाइल तस्बिर ।

काठमाडौं । इजरायलमा मारिएका १० मध्ये ६ नेपालीको शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूको घर (ठेगाना)सम्म पुर्‍याउँदा सरकारको २८ लाख ३६ हजार ८३४ रुपैयाँ खर्च भएको छ ।

वैशाख २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम भुक्तानी गर्ने निर्णय गरेको हो । उक्त रकम भुक्तानी गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई भनेको छ । “इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने,” वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ । 

Dabur Nepal
NIC Asia

२०८० कात्तिक २० गते बिहान प्यालेस्टाइन चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १४ सयभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटनामा मृत्यु भएका १० नेपालीको शव गत कात्तिक महिनामा इजरायलबाट काठमाडौं ल्याई सम्बन्धितको घरमा पुर्‍याइएको थियो । 

हमासको आक्रमणमा परी मृत्यु हुने नेपालीमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट, आशिष चौधरी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलारा, पदम थापा र प्रवेश भण्डारी रहेका थिए । मृत्यु हुने अधिकांश सुदूरपश्चिम प्रदेशका थिए ।

इजरायलले विभिन्न चरणमा गरी १० नेपालीको शव काठमाडौं पठाएको थियो । सरकारले ती शव सम्बन्धित स्थानमा पुर्‍याउने काम गरेको थियो । सोही आक्रमणमा बन्धक बनाएका कञ्चनपुर भीमदत्त–३ का विपीन जोशीलाई हमासले अझै छोडेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro