site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सांसद स्वातिले प्रहरीमा उजुरी दिएपछि आम आदमी पार्टीमा हल्लीखल्ली
SkywellSkywell

नयाँ दिल्ली । भारतको आम आदमी पार्टीका तर्फबाट राज्यसभा सांसद रहेकी स्वाति मालीवालले आफूलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका निजी सचिव विभव कुमारले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनीमाथि मुख्यमन्त्रीको निवासमा यही मे १४ मा अभद्र व्यवहार गरिएको जनाइएको छ ।

उक्त विषयमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र आम आदमीबीच आरोप–प्रत्यारोप चलिरहेको छ । दिल्ली महिला आयोगकी पूर्वअध्यक्ष रहिसकेकी मालीवालले बिहीबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेर भनेकी छन्, “ममाथि जे भयो, धेरै गलत भयो । ममाथि भएको घटनाबारे मैले प्रहरीलाई आफ्नो बयान दिएकी छु । मलाई आशा छ कि उचित कारबाही हुनेछ ।”

Dabur Nepal
NIC Asia

उनले भनेकी छन्, “पछिल्ला दिन मेरा निम्ति निकै कठिन रहे । जसले प्रार्थना गर्नुभयो, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । जसले मेरो चरित्र हनन गर्ने प्रयास गरे र अरू नै पार्टीको इसारामा काम गरेको भनेका छन्, उनीहरूलाई भगवानले खुसी राखून । देशमा महत्त्वपूर्ण चुनाव चलिरहेको छ । स्वाति मालीवाल जरुरी होइन, देशका मुद्दा जरुरी हुन् ।”

उनले भाजपाका तर्फबाट उक्त मामिलामा भइरहेको टिप्पणीप्रति संकेत गर्दै राजनीति नगर्न आग्रह गरेकी छन् । मालीवालमाथि दुर्व्यवहार गर्ने निजी सचिवलाई बिहीबार मुख्यमन्त्री केजरीवालले सँगै उत्तर प्रदेशको भ्रमणमा लिएर गएका थिए । त्यसबारे भाजपाका विभिन्न नेताले व्यंग्य गर्न थालेपछि यो मामिला झन् चर्केको हो ।

उता, महिला आयोगले केजरीवालका निजी सचिवलाई आज बिहान ११ बजे बयानका निम्ति पत्राचार गरेको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu