site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मदन–आश्रितको निर्ममतापूर्वक हत्या गरिएको थियो : झलनाथ खनाल 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रितको निर्ममतापूर्वक हत्या गरिएको बताएका छन् । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेताद्वयको रहस्यपूर्ण रूपमा हत्या गरिएको दाबी गरे ।

“कैयौँ मानिसले दुर्घटना भन्दै गइरहेका छन्, ३० वर्ष भयो । तर, त्यो निर्मतापूर्वक गरिएको हत्या हो । ३० वर्षपछि होस् कि १०० वर्ष होस्, अपराध अपराध नै हो,” उनले भने, “तर, हामीले ती अपराधी खोज्न सकेनौँ ।”

Argakhachi Cement Island Ad

मदन–आश्रितको पहिले नै हत्या गरी शव पानीमा हालिएको उनले जिकिर गरे । उनले छानबिन गर्नेहरूले गाडी चालक अमर लामाबाट तथ्य निकाल्न नसकेको आरोप पनि लगाए ।

“अमर लामालाई सबै कुरा थाहा थियो । छानिबन भए । कसैले पनि उसबाट त्यो कुरा केलाउन सकेनन्,” उनले भने, “अरू कसैले गरायो होला,” उनले भने ।

उनले अहिले पनि दुर्घटनामा निधन भएको भन्न विवश भएको उल्लेख गरे । हत्याका बारेमा सत्यतथ्य खोजिनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिस्ट आन्दोलनमा मदन–आश्रितले गरेको योगदानलाई सही ढंगले अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्