site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गरेका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । बिहीबार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसोडारीले विश्वासको मत लिँदैछन् । 

अध्यक्ष नेपालले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभई मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्न आह्वान गरे ।  

“यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रीय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूची छ । सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछाैँ भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ,” अध्यक्ष नेपालले भने ।

कोसी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताउँदै उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको बताए ।  उनले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रूपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताए । 

‘कोसी प्रदेशमा विश्वासको मत हामीसँग कुरा भएर नयाँ सरकार बनेको होइन, परामर्श हामीसँग भएको भए राम्रो हुन्थ्यो । हामीले विश्वासको मत दिएका छौँ, चलिरहेको छ । मधेस प्रदेशमा जनतास माजवादी पार्टी, नेपालसँग सहकार्य रही रहेकाले त्यसलाई ध्यानमा राखेर मधेस सरकारमा संलग्नता कायम राख्दै अघि बढिरहेका छौँ । पार्टीहरूको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ । मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लागोस् । यो सरकारको भलो चाहन्छौँ,” अध्यक्ष नेपालले भने । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro