site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी प्रकरण : संसदीय छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग 

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।  

मंगलबार र बुधबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारीको समग्र समस्या समाधान गर्न संसदीय छानबिन समितिको माग गरिएको जानकारी दिए । 

Argakhachi Cement Island Ad

“कतिपय सहकारी संस्थाले दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशि दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद् घटनाहरू सार्वजनिक भइरहेका छन्,” बैठकले पारित गरेको समसामयिक प्रस्ताव सुनाउँदै उनले भने, “यससम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनि माग गर्दछ ।” 

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्दै नेपाली कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्