site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 

आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु भएसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने उनको विश्वास छ । प्रधानमन्त्री प्रचण्डले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हरित अर्थव्यवस्थाका लागि पहलहरूलाई प्राथमिकता दिएको बताए । 

उनले नवीकरणीय ऊर्जा परियोजना, दिगो कृषि अभ्यास र नयाँ प्रविधिहरू अन्वेषण गरिरहेको बताए । उनले नेपालले पेरिस सम्झौताप्रति सधैँ आफ्नो प्रतिवद्धता व्यक्त गर्दै आएको बताए । नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नती हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको बताए । 

प्रधानमन्त्री प्रचण्डले यी लक्ष्य पूरा गर्न विदेशी साझेदारहरूबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरणको आवश्यकता रहेको बताए । उनले नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । 

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले समृद्धिका लागि नयाँ बाटोहरू खोलिरहेको उल्लेख गर्दै बढ्दो व्यापार र लगानी, पर्यटन, जनताबीचको सम्बन्ध, साझा नवप्रवर्तन र स्थायी मित्रताको माध्यमबाट नेपाल र ईयूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन तत्पर रहेको बताए । मित्र राष्ट्रहरूबाट विदेशी लगानीलाई स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । 

उनले लगानी प्रक्रियालाई सरल बनाउने, व्यवसायका लागि खुलापन सुनिश्चित गर्ने र नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढावा दिने नीतिहरू ल्याएको जानकारी दिए । –न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu