site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झम्सिखेलविरुद्ध आरसीको सहज जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी–३२ फुटबल क्लबले झम्सिखेल युथ क्लबविरुद्ध २–० को जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आरसीलाई जित दिलाउन सुजन बलम्पाकी मगर र आशिष लावतीले गोल गरे । 

खेलको छैटौँ मिनेटमा सुजनले गोल गरेपछि आरसीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । यस्तै, इन्जुरी समयमा आशिषले गोल गरेपछि आरसीले २–० को जित सुनिश्चित गरेको हो ।

जितसँगै आठ खेलबाट १६ अंक जोडेको आरसी तालिकाको दोस्रो स्थानमा छ । समान अंक भए पनि वाग्मती गोलका आधारमा आरसीभन्दा अगाडि छ । आठ खेलबाट १० अंक जोडेको झम्सिखेल तालिकाको सातौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro