site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुजार सार्की’को गीत ‘जाउँ माया’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाउँ माया’ सार्वजनिक गरिएको छ । जेठ १० गते रिलिज हुने चलचित्रको गीतमा बि.पाण्डेले शब्दरचना छ । केतन क्षेत्रीको स्वर रहेको गीतमा संगीत सुवास भुसालले गरेका छन् । 

गीतको भिडियोमा आर्यन सिग्देल र अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका अवरोधलाई देखाइएको छ । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । 

Dabur Nepal
NIC Asia

भिडियोका दृश्यबाट अन्तरजातीय प्रेमबाट उत्पन्न सामाजिक र पारिवारिक समस्या देखाउन खोजिएको छ । 

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ । 

दिनेश राउतले निर्देशन गरेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro