site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र क्षेत्रका के–के मुद्दा समेट्यो नीति तथा कार्यक्रमले ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले चलचित्र क्षेत्रका केही मुद्दा समेटेको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रमले चलचित्र क्षेत्रका केही मुद्दालाई समेटेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर ८९ र ९३ ले चलचित्र क्षेत्रलाई सम्बोधन गरेको छ । 

८९ बुँदामा ‘हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिनेछ,’ उल्लेख छ । 

यस्तै नीति तथा कार्यक्रमको बुँदा ९३ ले चलचित्र र संगीत क्षेत्रलाई समेटेको छ । ‘समाज रुपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, संगीत, अनुसन्धान तथा स्वदेशी चलचित्र प्रवर्द्धन गर्न ‘परिवर्तनका लागि कला साहित्य कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख छ । 

यसबाहेक आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले चलचित्र क्षेत्रलाई सम्बोधन गरेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro