site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक निकायका हार्डवेयर र सफ्टवेयरको प्राविधिक परीक्षण गरिने  
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले सार्वजनिक निकायले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको मापदण्ड निर्धारण गरी सुरक्षित र भरपर्दाे बनाइने जनाएको छ ।

मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायमा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर र नेटवर्क, साइबर सुरक्षालगायतका सूचना प्रविधि प्रणालीको प्राविधिक परीक्षण गरिने बताए ।

उनले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निमार्ण गर्ने तथा स्वदेशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई विकसित गर्ने नीति लिइने बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्