site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् भवन पुगे राष्ट्रपति 
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी संसद् पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे ।

संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्