site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दलका नेताहरूसँग छलफल गर्दै राष्ट्रियसभा अध्यक्ष दाहाल
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै छन् । 

उनको सचिवालयले दिएको जानकारीअनुसार दिउँसो २ बजे संसद् भवन बानेश्वरमा छलफल गर्नका लागि दलका नेताहरूलाई बोलाएका हुन् ।

“आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम, प्रतिनिधिसभामा जारी अवरोधका बीच राष्ट्रियसभा बैठकलाई कसरी सुचारू गर्ने लगायतका विषयमा छलफल हुनेछ,” दाहालको सचिवालयले भन्यो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्