site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
थापाको प्रस्ताव– पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौँ
तस्बिर : रासस ।

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सोमबार (जेठ १९) उनले राष्ट्र एकीकरणकर्ताको तस्बिर नोटमा राखिनुपर्नेमा जोड दिएका हुन् ।

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तिको तस्बिर नोटमा राख्नु उचित हुने बताए । पृथ्वीनारायणको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने, “म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर, पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।”

उनले नेपालमा जन्मिएका बुद्धको फोटो समेत नोटमा राखिनुपर्ने बताए । त्यसले नोटको महत्त्व बढ्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्