site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक करोडसम्म ऋण लिने उद्यमीले दुःख पाए : कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एक करोड रुपैयाँसम्म ऋण लिँदा उद्यमीले दुःख पाएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सोमबार (जेठ १९) उनले त्यस्ता ऋणीलाई बैंकले दुःख दिने गरेको जिकिर गरे । यसतर्फ नेपाल राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्नेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

साना, मझौला उद्योग चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान नसक्ने उनले बताए । सहज रूपमा ऋण लिने वातावरण हुनुपर्ने उनले उल्लेख गरे ।

“एक करोडसम्म ऋण लिने उद्यमीले अहिले पनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैंक गम्भीर होस्,” उनले भने, “उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।”

कार्कीले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) जनता लाभान्वित हुने गरी छिटो पारित गरिनुपर्ने बताए ।

बैंकर र व्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्