site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषि, विद्युत् वितरण र सिँचाइ पूर्वाधार बनाउन विश्व बैंकले ३५ अर्ब ऋण दिँदै

काठमाडौं । विकास साझेदार विश्व बैंकले कृषि उत्पादकत्व, विद्युत् वितरण क्षमता बढाउन र सिँचाइ सेवा सुधार गर्न नेपाललाई झन्डै ३५ अर्ब रुपैयाँ (२५ करोड ७० लाख डलर) ऋण दिने भएको छ । बैंकको हालै सम्पन्न कार्यकारी निर्देशक बोर्ड बैठकले ऋण स्वीकृत गरेको हो ।

विद्युत् आपूर्ति सुधार परियोजनाका लागि १२ करोड डलर लगानी हुनेछ । यसले विद्युत् वितरण सञ्जाललाई सुदृढ बनाउने बैंकले जनाएको छ ।

Argakhachi Cement Island Ad

बैंकका अनुसार, यो ऋण सहयोगले कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रयोगकर्तालाई विद्युत् आपूर्ति बढाउने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहेको यस परियोजनाले नयाँ वितरण सबस्टेसन निर्माण, नेटवर्कहरूको स्तरोन्नति र सञ्चालन दक्षता बढाउन वितरण सञ्जालहरूको वास्तविक समय अनुगमनका लागि स्वचालित प्रणाली लागु गर्ने कुरामा केन्द्रित हुने बैंकले जनाएको छ ।

यस्तै, रानीजमरा कुलरिया सिँचाइ परियोजनाको आधुनिकीकरणका लागि १३ करोड ७० लाख डलर ऋण लगानी हुने भएको छ । परियोजनाले कैलालीमा वर्षभरि सिँचाइ सेवामा पहुँच विस्तार गरेर, कृषि उत्पादकत्व वृद्धि र जलवायु लचिलोपन बढाएर सिँचाइ सेवा तथा कृषि उत्पादकत्व सुधार गर्ने लक्ष्य राखेको छ ।

जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागद्वारा संयुक्तरूपमा कार्यान्वयन गरिएको यस परियोजनाले वर्षभरि सिँचाइलाई थप १७ हजार ५०० हेक्टरमा विस्तार गर्नेछ । यसबाट एक लाख ६० हजार लाभान्वित हुने भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्