site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनमा अमेरिकी विदेशमन्त्रीको ‘सरप्राइज’ भ्रमण
SkywellSkywell

किभिभ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिकेन ‘सरप्राइज’ भ्रमणका क्रममा आज एक्कासि युक्रेनको राजधानी किभिभ पुगेका छन् । रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा आक्रमण तीब्र पारेका बेलामा ब्लिंकेन अचानक युक्रेन पुगेका हुन् ।

उनी स्लिपर रेल चढेर आज बिहान राजधानी युक्रेनको सीमा क्षेत्र पोल्यान्डबाट त्यसतर्फ गएका हुन् । उनले त्यहाँ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग समेत भेट्ने अपेक्षा गरेका छन् । अमेरिकी कंग्रेसले युक्रेनको राहत प्याकेज स्वीकृत गरेको तीन साताकै बीचमा उच्च स्तरीय अमेरिकी कुटनीतिज्ञ किभिभ पुगेका हुन् ।

KFC Island Ad
NIC Asia

उनी ९ घण्टा रेल चढेर त्यहाँ पुगेका हुन् । त्यसभन्दा अघि उनी सीमा क्षेत्रमा रहेको पोलिस सहर रेजेस्जोमा रहेको विमानस्थलसम्म आएका थिए । सो विमानस्थलबाट नै वैदेशिक सहयोग र हातहतियार युक्रेन भित्रिने गरेको छ ।

अमेरिकी विदेशमन्त्री युक्रेन जानुअघि बेलायतको विपक्षी दल लेबर पार्टीका तर्फबाट छाया विदेशमन्त्री डेभिड लाम्मी र छाया रक्षामन्त्री जोहन हेलेपनि सोमबार किभिभ पुगेका थिए । उनीहरूले हिजैबाट त्यहाँ भेटघाट थालेका छन् । रुस र युक्रेनबीचको युद्ध अहिले आक्रामक हिसाबले अघि बढिरहेको बेलामा अमेरिका र बेलायतका अधिकारीहरूले किभिभमा उपस्थिति देखाएर समथर्नलाई अझ बलियो बनाउने प्रयास गरेका छन् । अमेरिकाले पठाएका हतियार अहिले युक्रेनको सेनाको फ्रन्टलाइनमा पुगेको जनाइएको छ । बीबीसी

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro