site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल  
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा दिनदिनै घटनाक्रम परिवर्तन भइरहेको बताएका छन् । बालकुमारीमा मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले घटनाक्रममा फेरबदल भइरहेको बताए ।

“राजनीतिक घटनाक्रममा परिवर्तन भइरहेको छ । समीकरणमा दिनदिनै परिवर्तन भइरहेको छ,” उनले भने, “गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ ।” 

उनले पार्टीहरू विभाजन गर्न विभिन्न शक्तिले साम, दाम, दण्डभेदको प्रयोग गरिहेको समेत बताए । अध्यक्ष नेपालले अहिलेको गठबन्धनका दल संसद्को पूरै अवधि जाला भन्ने सोचेको बताए । तर, जनता समाजवादी पार्टी, नेपाल विभाजन गरिएको उनले बताए । 

“संसद्को अवधिभर सँगसँगै जाला कि भन्ने ठानेको । जनता समाजवादी पार्टी विभाजित भयो । विभाजित गरियो,” उनले भने, “सरकारबाट निकालियो । मुन्ट्याउने काम मात्रै भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।”

उनले आवश्यकता पर्दासम्म मात्रै उपेन्द्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro