कला
काठमाडौं । विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह सहभागी हुने भएका छन् ।
आज राति त्यसतर्फ प्रस्थान गर्ने उनले कान्समा तीन दिन बिताउनेछन् । विभिन्न कार्यक्रमसहित बालेन प्रिमियरमा पनि सहभागी हुनेछन् ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’का रूपमा २०८० मा सूचीकृत गरेको थियो । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’को सदस्य हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ ११:२७
प्रतिक्रिया दिनुहोस्