site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुर मेयर च्याम्पियनसिपमा सुदूरपश्चिमको लगातार दोस्रो जित 

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कोसी प्रदेशविरुद्ध १९ रनको जित निकालेको हो । दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याउने क्रममा कोसीले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो ।

कोसीकी काजल श्रेष्ठले ३३ रन बनाए पनि टिमको हार टार्न भने सकिनन् । कप्तान अप्सरी बेगमले २३ रन थपिन् । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनने ।

सुदूरपश्चिमकी रितु कनौजिया, लक्ष्मी साउद, जानकी थापा र विन्दु रावलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउर ११२ रनको योगफल खडा गरेको थियो । 

सुदूरपश्चिमकी सम्झना खड्काले ५४ रनको अर्धशतकीय इनिङ खेलिन् । रितु कनौजियाले २३ रन थप्दा कप्तान विन्दु रावलले १४ रन बनाइन् । कोसीकी सबनम राई, हिरन्मयी रोय र संगिता राईले समान दुई विकेट लिए । यस्तै, अलिसा खडियाले एक विकेट हात पारिन् ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको कोसीले भने अझै खाता खोल्न सकेको छैन । यसअघि आजै भएको पहिलो खेलमा विभागीय टोली एपीएफले वाग्मती प्रदेशविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro